काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रचण्डलगायतका नेताहरुले भन्दैमा सरकार बन्ने र ढल्ने नहुँने स्पष्ट पार्दै सत्ता गठबन्धनभित्र रहेका दलहरूबीचमा भने समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
प्रवक्ता महतले भने ‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्नु स्वभाविक नै हो, प्रचण्डले भनेको कुरामा टिप्पणी छैन । तर उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।
वैठकमा गठबन्धन दलबीच समन्वय र सन्तुलन कायम गर्दै सरकारले अझै सशक्त रुपमा डेलिभरी दिनुपर्ने विषयमा कुराकानी भएको बताउँदै प्रवक्ता महतले गठबन्धन सरकारमा एउटै दलको मात्रै कुरा लागू नहुनेबारे बैठकमा छलफल भएको बताए ।
बैठकमा पार्टीको संगठन सम्बन्धी विविध विषयमा पनि छलफल भएको प्रवक्ता महतले बताएका छन् ।