काठमाडौँ । नेपाली सेनाले शनिबार टुँडिखेलमा आयोजना गरेको घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुभएकाे छ ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागी रहेका थिए ।
समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गर्नुभएको थियो ।
सो अवसरमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन भएको थियो ।
प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।
चैत्र कृष्ण औंसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ।