काठमाडौं । काठमाडौं महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको एन आई सी एशिया बैंक लिमिटेडको कमलादी शाखा मिति २०८१/१२/१० गते आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ्ग कारोबार नयाँ ठाउँबाट सञ्चालन सुरु भइसकेको बैंकले समस्त ग्राहकहरु तथा सम्बन्धित सबै सरोकारवालाहरुमा जानकारी गराएको छ ।