काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज दिउँसो दुई बजे बस्ने भएको छ ।
समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बोलाइएको बताइएको छ ।
वैठकमा राजसंस्था पक्षधरहरुको प्रदर्शनको सन्दर्भमा गणतन्त्रवादीहरुको भूमिका, सरकारका कामकारबाही लगायतका विषयमा छलफल हुने एक पदाधिकारीले बताएका छन ।