काठमाडौँ । गोरखास्थित मनकामना दर्शन गरेर फर्कदै गरेको भ्यान दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने १४जना घाइते भएका छन् ।
प्रहरीका अनुसार चितवनबाट तीर्थयात्री लिएर मनकामना गएको भ्यान फर्किने क्रममा गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा सोमबार बिहान ११ः३० बजे दुर्घटना भएको हो ।
माइक्रो सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पताल लगिएको छ ।
मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















