काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् ।
आज अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्ने वैठकमा पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।
बैठकमा संसदमा पेश भएका अध्यादेश पारित गराउने, विधेयकहरुलाई छिटो प्रक्रियामा लाने, भ्रातृ संस्थाहरुको अधिवेशनलगायतका विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताएका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरी बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने नेताहरुले बताएका छन ।
बैठकमा सरकारले ल्याएको अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारणले एक महिनादेखि अगाडि बढ्न नसकेको विषयमा पनि छलफल हुनेछ । संयन्त्रको वैठकअघि बस्न लागेको कांग्रेस पदाधिकारीको वैठकलाई अर्थपूर्णरुपमा लिइएको छ ।
























