काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (शुक्रबार) बस्ने भएको छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले साँझ ५ बजे बस्नेगरी बालुवाटारमा बैठक बोलाएका हुन् ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने नेताहरुले बताएका छन ।
बैठकमा सरकारले ल्याएको अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारणले एक महिनादेखि अगाडि बढ्न नसकेको विषयमा पनि छलफल हुनेछ ।

























