काठमाडौं । दलित अधिकारकर्मीहरुले गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।
दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेको टोलीले विरोध प्रदर्शन गर्नुका साथै कार्यालय सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।
सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा प्रहरीले उनीहरूलाई पक्राउ पुर्जी जारी गरेर भारत पुगेर पक्राउ गरेको भन्दै कारबाही हुनुपर्ने माग दलित अधिकारकर्मीरुको छ ।
उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।