काठमाडौं । कमलपोखरीमा रहेको शानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट भहुँदा १४ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा घाइते भएका मध्ये ११ जनालाई अस्पताल लगिएको र तीन जना सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरु सोही पसलका कामदार रहेको बताइएको छ ।
घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ भने एक जना भने निकै गम्भीर रहेको बताइएको छ ।
सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको बताइएको छ । केशव श्रेष्ठले सञ्चालन गरेको शानदार मम सेन्टरको भान्सा घरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहिँदा दुर्घटना भएको हो ।
यी हुन् घाइते-
१) जि. मोरङ बेलबारी न.पा.०८ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.२८ कमलपोखरी बस्ने वर्ष १८ का मनीष पोखरेल
२) जि. चितवन स्थायी वतन भई हाल का.जि.का.म.न.पा.२८ कमलपोखरी बस्ने वर्ष १८ को रोहन लामा
३) जि. उदयपुर कटारी न.पा. स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा न. २८ कमलपोखरी बस्ने वर्ष २४ को संजोक मगर
४) ऐ.ऐ. बस्ने वर्ष २२ को प्रतीक लामा
५) ऐ.ऐ. बस्ने वर्ष २८ को धन बहादुर तामाङ
६) ऐ.ऐ. बस्ने वर्ष २५ को नविन मगर
७) ऐ.ऐ. बस्ने वर्ष १९ वियस मगर
८) जि.काभ्रे स्थायी वतन भई ऐ.ऐ. बस्ने वर्ष २७ को छिरिङ लामा
९) जि.ललितपुर सादोबाटो स्थायी वतन भई ऐ.ऐ. बस्ने वर्ष १९ को आयुष मगर
१०) जि.मकवानपुर हेटौँडा स्थायी वतन भई ऐ.ऐ.बस्ने वर्ष १८ को रविन राई
११) जि.उदयपुर स्थायी वतन भई ऐ.ऐ. बस्ने वर्ष २० को बिरास कुमार घले
१२) का.जि.फर्पिङ स्थायी वतन भई ऐ.ऐ. बस्ने वर्ष २४ को राज कुमार तामाङ (सामान्य घाइते उपचार गर्न नपर्ने)
१३) जि.उदयपुर कटारी न.पा. स्तायी वतन भई हाल ऐ.ऐ. बस्ने वर्ष २० को सुदीप महर्जन (सामान्य घाइते/उपचार गर्न नपर्ने)
१४) ऐ.ऐ. बस्ने वर्ष १७ को आर्यन महर्जन (सामान्य घाइते/उपचार गर्न नपर्ने)

























