काठमाडौं । नेकपा एस निकट पत्रकारहरुको संगठन ‘समाजवादी प्रेस संगठन नेपाल’का अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत बहुसंख्यक पदाधिकारी तथा सदस्यहरु नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।
एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले अध्यक्ष विश्वमणि सुवेदीसहितको टिमलाई प्रेस चौतारीमा स्वागत गरेका हुन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित सुवेदी, उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्टलगायत प्रेस चौतारीमा प्रवेश गरेका हुन् ।