काठमाडौं । जिल्ला अदालत कास्कीले सहकारी ठगीसम्बन्धी मुद्दामा आरोपित पूर्वडीआइजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई पनि ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्तिशुद्धीकरण मुद्दा लगाइएको छ ।