विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन वैशाख १८ र १९ गते हुने भएको छ । पूर्वनिर्धारित समयअनुसार माघ ११-१३ का लागि सम्मेलन निश्चित भएको थियो । तर आवश्यक तयारी पूरा नभएको कारण सम्मेलन सार्नु परेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जनाए ।
उनका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । परियोजनाहरूको सोकेससङ, कानुनको संशोधन र खरिद प्रक्रियाका लागि थप समय आवश्यक परेको उनले बताए । केही कानुन र नीति संशोधनका लागि संघीय सरकारको सहयोग आवश्यक रहेको पनि मन्त्री भण्डारीले जानकारी दिए ।