काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा संसोधनबारे सुझाव दिन कार्यदल गठन गरेको छ । शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्व ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलको सदस्यमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले रहेको रास्वपाले जनाएको छ ।
कार्यदलले ७ वटै प्रदेशमा साझेदार तथा संविधानविदसंग छलफल गरेर दलको तर्फबाट धारणा बनाउने बताइएको छ । प्रदेशमा गर्ने छलफलको संयोजन सोही प्रदेशका पार्टी सभापतिले गर्ने बताइएको छ ।