काठमाडौं । आगामी महाधिवेशन लक्षित देश दौडाहमा रहको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधन सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मात्रै गर्न नहुने बताएका छन् ।
आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले माओवादी, मधेशका दल, रास्वपा र अन्य दलहरूसँग छलफल गरेर संविधान संशोधनका एजेन्डा तय गर्नुपर्ने बताएका छन् ।
नेता कोइरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लागि बनेको बताउँदै भने “दुई ठूला दल एक ठाउँमा उभिएर हामी निर्वाचनमुखी भएर अघि बढिरहेका छौँ । ०८४ को निर्वाचनका लागि हामी अघि बढेका छौँ, राजनीतिक स्थायित्वका निम्ति हामीले यो नेपाली कांग्रेस र एमालेको गठबन्धन गरेका हौ ।’
वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको वताउँदै यो सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् ।