काठमाडौं । एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ।
आज बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार जाजरकोटको नायकवाडा केन्द्रविन्दु भएर भूकम्प गएको हो।
राजनधानी काठमाडौंमा पनि यसको धक्का महसुस भएको थियो ।