काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आइतबार नेप्से ४.९८ अंकले बढेर दुई हजार सात सय ५३.७६ को विन्दुमा कायम भएको छ ।
आज विभिन्न कम्पनीका ३२६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता सेयर एक लाख १३ हजार २५२ पटक खरिद–बिक्री हुँदा रु. ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९०४ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ ०.२१, वित्त १.६३, उत्पादन तथा प्रशोधन १.१३ र निर्जीवन बिमा समूह ०.६९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको उपसूचक २.२१ प्रतिशतले बढेको छ ।
त्यस्तै, विकास बैंक ०.६२, जलविद्युत् ०.८५, लगानी ०.१७, जीवन बिमा ०.२१, लघुवित्त १.२८, म्युचुअल फन्ड ०.२९, व्यापार ०.२४ र अन्य समूह ०.११ प्रतिशतले घटेको छ ।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने समृद्धि फाइनान्स कम्पनी लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु. ४५ करोड १७ लाख १० हजार ३७२ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सिँगटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै १२ लाख ४२ हजार ३८९ कित्ता सेयर किनबेच भएको छ ।