काठमाडौँ । वुटवलको सुप्रिम सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोस्रो दिन आज पनि बयान लिन सुरु गरिएको छ ।
लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप छ ।
संसदीय समितिको छानबिन प्रतिवेदनमा सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेको नाममा २ करोड ५० लाख, छविलाल जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।
अनुसन्धानका लागि पोखराबाट मंगलबार भैरहवा पुर्याइएका लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय रुपेन्देहीमा अहिले बयान लिने क्रम जारी रहेको बताएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कात्तिक २ गतेदेखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार दिउँसो रुपन्देही पुर्याइएको थियो । हिजैबाट सुरु गरिएको बयानलाई आज पनि निरन्तरता दिइएको हो । मंगलबार मौखिक प्रश्न सोधिएकोमा आज लिखित बयान लिन सुरु गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।