काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका रवि लामिछानेलाई म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लगिने भएको छ ।
लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयले जनाएको छ । लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीले जानकारी दिएको छ ।
लामिछानेलाई प्रहरीले कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको हो ।