काठमाडौं । प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वाटर तानेर दीपेन्द्र शाहीलाई पठाइएको छ ।
बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै धादिङका प्रहरी प्रमुख हेरफेर भएको बताइएको छ ।
यसअघि गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेर सहसचिव सुमन घिमिरेलाई पठाइएको थियो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद पाण्डेलाई पनि मन्त्रालयमा तानेर उनको ठाउँमा उमेश ढकाललाई पठाइएको छ ।