सुर्खेत । कर्णाली प्रदेश सरकारका माओवादी मन्त्रीहरुले राजीनामा दिएका छन् । केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै कर्णाली प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो ।
मुख्यमन्त्री यामलाल कँडेलसमक्ष माओवादीका मन्त्रीहरू महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले राजीनामा दिएका हुन् ।
केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा ऊर्जा र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।
योसँगै कर्णालीमा पहिलो पटक माओवादी प्रमुख प्रतिपक्षीमा पुगेको छ ।