काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा रहेको बालउद्धार माध्यमिक विद्यालयले वक्तृत्वकला, चित्रकला र कविता प्रतियोगिताको आयोजना गरेको छ ।
विद्यालयका प्रधानाध्यापक विनोद पण्डितको सभाध्यक्षतामा आयोजित सो प्रतियोगिता आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा सम्पन्न भएको हो ।
सो प्रतियोगिताअन्तर्गत कक्षा ९ र १० मा “भानु तिमी” शीर्षकमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरिएको थियो । सो प्रतियोगितामा कक्षा ९ ‘बी’ का छात्र दिवस लामिछाने प्रथम भए भने द्वितीय र तृतीय स्थान क्रमशः छात्राहरु पार्वती गुरुङ ९ ‘सी’ र कृष्णा कडायत १० ‘बी’ ले प्राप्त गरे ।
यसैगरी कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुको सहभागितामा सम्पन्न “नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदान” शीर्षकको वक्तृत्वकला प्रतियोगितामा कक्षा ७ ‘बी’ की छात्रा अनुष्का भुषालले प्रथम स्थान हासिल गरिन् भने ६ ‘बी’ की छात्रा सीमा पुर्कोटी द्वितीय र ६ ‘ए’ का छात्र प्रजिन कोइराला तृतीय भएका थिए ।
विद्यालयका पूर्व प्रधानाध्यापक होमप्रसाद वाग्ले र नेपाली शिक्षकहरु कृष्णकुमारी शर्मा र मनोजकुमार खतिवडाले निर्णायक मण्डलको भूमिका निर्वाह गरेको कविता र वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले पुरस्कार वितरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक विनोद पण्डित र पूर्व प्रधानाध्यापक होमप्रसाद वाग्लेले आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा पु-याएको अतुलनीय योगदानको चर्चा गरेका थिए ।
वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा समय पालकको भूमिका शिक्षक इन्द्रकिशोर झाले निर्वाह गरेका थिए भने कविता र वक्तृत्वकला दुवै कार्यक्रमको सञ्चालन कक्षा १० ‘ए’ मा अध्ययनरत छात्राहरु तृष्णा अधिकारी र प्रयुषा पोखरेलले गरेका थिए ।
शिक्षक तथा विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको कविता र वक्तृत्वकला प्रतियोगितामा प्रधानाध्यापक विनोद पण्डित, परीक्षा संयोजक वामदेव भट्टलगायत शिक्षकहरु कृष्णप्रसाद दाहाल, कृष्णकुमारी शर्मा, रञ्जु आचार्य, सुनिता काफ्ले, इन्दिरा बस्नेत, रीता पाण्डेय, रीता भण्डारी, अनामिका अधिकारी, इन्द्रकिशोर झा, होमप्रसाद वाग्ले, मनोजकुमार खतिवडाले कार्यक्रम सम्पन्न गर्न सक्रिय भूमिका खेलेका थिए ।
त्यसैगरी भानु जयन्तीकै उपलक्ष्यमा विद्यालयले कक्षा १ देखि ३ सम्म भानुको तस्बिरमा आधारित चित्रकला प्रतियोगितासमेत सम्पन्न गरेको छ । सो प्रतियोगिता कक्षागत रुपमा सम्पन्न गरिएको बालविकास इन्चार्ज रमलादेवी शर्माले मार्गदर्शनलाई जानकारी दिइन् ।
इन्चार्ज शर्माका अनुसार कक्षा १ मा प्रथम, द्वितीय र तृतीय क्रमशः सुवास ठाकुर, रसिला खतिवडा र सुमन शाही भएका छन् । त्यसैगरी कक्षा २ मा विनोद पहरी प्रथम, प्रिन्स चौधरी द्वितीय र समीक्षा कुँवर तृतीय भएका छन् । त्यस्तै कक्षा ३ मा समीर थारुले प्रथम स्थान प्राप्त गरेका छन् भने अक्षरा चौधरी द्वितीय र तेजबहादुर खत्रीले तृतीय स्थान प्राप्त गरे ।
विद्यार्थीहरुलाई आदिकवि भानुभक्त आचार्यको तस्बिर दिएर चित्र बनाउन लगाई सम्पन्न भएको बालविकास तह (कक्षा १-३ सम्म) को सो चित्रकला प्रतियोगितामा शिक्षकहरु शारदा खत्री, शर्मिला थापा, इन्जु कँडेल, सविना राजभण्डारी, एलिना बस्नेत, प्रतीक्षा कार्की, पद्मा सुवेदी, अहिल्या भट्टराई र कल्पना आचार्यको सक्रिय भूमिका रहेको इन्चार्ज रमलादेवी शर्माले जानकारी दिइन् ।