काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको बालउद्धार माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राजेन्द्र बुढाथोकीको संयोजकत्व एवं परीक्षा संयोजक वामदेव भट्टको समन्वयमा आज मिति २०८१ असार २१ गते शुक्रबार वक्तृत्वकला प्रतियोगिता तथा विद्यालयको हाउस क्याप्टेन तथा हाउस भाइस क्याप्टेनको निर्वाचन सम्पन्न भएको छ ।
विद्यालयका निमित्त प्रअ मुरारीकुमार ढकालको अध्यक्षतामा सम्पन्न वक्तृत्वकलामा प्रमुख अतिथिका रुपमा विद्यालयका माध्यमिक शिक्षक विष्णुगोपाल घिमिरे रहनुभएको थियो भने निर्णायक मण्डलको भूमिका पूर्व प्रअ होमप्रसाद वाग्ले तथा शिक्षकहरु कृष्णकुमारी शर्मा र मनोजकुमार खतिवडाले निर्वाह गर्नुभएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय स्थान क्रमशः सफलता श्रेष्ठ (१०बी), प्रयुषा पोखरेल (१०ए), मनोज देवकोटा (९सी) ले प्राप्त गरे भने सान्त्वना स्थानमा कृष्णा कडायत (१०बी) र दिवस लामिछाने (९बी) रहेका छन् । समय पालकको भूमिकामा कक्षा १० की छात्रा सविता गोले रहनुभएको सो कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीको खचाखच उपस्थिति रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथि विष्णुगोपाल घिमिरे र सभाध्यक्ष मुरारीकुमार ढकालले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन कक्षा १० सी की छात्रा बिबिसा बस्नेत र कक्षा ९ ए की छात्रा करिणा गौतमले गर्नुभयो ।
त्यसैगरी रमाइलो शुक्रबार तथा बुक फ्रि डेको अवसरमा विद्यालयले हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेनको चयन प्रजातान्त्रिक पद्द्धति निर्वाचनको प्रयोग गर्दै गरेको थियो । निर्वाचन परिणाम अनुसार रेड हाउसबाट क्याप्टेनमा तृष्णा अधिकारी (१०ए), भाइस क्याप्टेनमा चन्द्रकला वन (९सी), ब्लु हाउस क्याप्टेनमा समीक्षा पोखरेल (१०ए), भाइस क्याप्टेनमा सुस्मिता गुरुङ (९बी), ग्रिन हाउस क्याप्टेनमा बिना केसी (१०ए), भाइस क्याप्टेनमा डोल्मा शेर्पा (९बी) एल्लो हाउस क्याप्टेनमा छिरिङ शेर्पा (१०बी) र भाइस क्याप्टेनमा अञ्जली चौधरी (९ए) निर्वाचित भएका छन् ।
निर्वाचन कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक राजेन्द्र बुढाथोकी, परीक्षा संयोजक वामदेव भट्टलगायत शिक्षकहरु भुवन डोटेल, मनोजकुमार खतिवडा, कृष्णप्रसाद दाहाल, रञ्जु आचार्य, सुनिता काफ्ले, इन्दिरा बस्नेत तथा कर्मचारीहरु इन्द्रराज सापकोटा र परिन्द्रादेवी सापकोटाको सक्रिय सहभागिता रहेको थियो ।