काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउदे अधिवेशनको अन्तिम बैठक रहेको छ । सरकारले यसअघि नै आज रातिदेखि हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।
आजको बैठकमा केही प्रतिवेदन पेश गर्नेदेखि यस अधिवेशनमा १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहने सांसदहरुको सूचना सभामा पेश हुने तालिका रहेको छ ।