काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रधानमन्त्री निवास बालुबाटार पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएको तर देउवाले महामन्त्री थापा र पूर्वमहामन्त्री सिटौलालाई पठाएको बताइएको छ ।
नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठक चलिरहेकै बेला थापा र सिटौला बालुवाटार गएका छन ।
प्रतिनिधि सभा बैठकको वैठक आज वस्दैछ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका बारेमा सहकारीको रकम ठगेको आरोपमा संसदीय छानविन समिति बनाउनु पर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सोही विषयमा छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस नेतालाई बोलाएको वालुवाटार स्रोतले जनाएको छ ।




















