गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश प्रमुखको निवासमा आज आयोजित एक कार्यक्रमबीच मन्त्री गुुरुङलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
शपथग्रहण समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारी उपस्थिति थियो ।
मुख्यमन्त्री पाण्डेले गुरुङलाई आज नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त गरेका थिए ।
मनाङबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव निर्वाचित भएपछि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका गुरुङले आइतबार सो पार्टी परित्याग गरेको प्रदेशसभा सचिवालयमा जानकारी गराएका थिए ।