काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रको जंगलमा झुण्डिएको अस्थामा १९ वर्षीया युवतीको शव भेटिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका– १ घर भई हाल कपनमा बस्दै आएकी युवतीको शव पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।
शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो शव १९ सुस्मिता थापाको भएको भएको उनको आफन्तले सनाखत गरिसकेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको छ ।
शुक्रबार बिहान मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको जस्तो देखिएको वताउँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भक्तपुरमा रहेका आफन्तकोमा जान्छु भनेर हिँडेको उनी उनी दुई दिनअघिदेखि वेपत्ता भएकी थिइन् ।




















