बारा । सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।
विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने बाराका ३१ जनाको नाम समेत गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको रहेको हो ।
प्रकाशित नामावली अनुसार बारामा सबैभन्दा बढी कोल्हवी नगरपालिकामा ६ जना र दोस्रोमा निजगढ नगरपालिकामा ५ सहिद रहेका छन् भने सबैभन्दा जीतपुर सिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकामा एक–एक जना मात्रै सहिद रहेका छन् ।
सहिदको सूचीमा समेटिएका निजगढ नगरपालिका ८ सोभित सिंह तामाङ, निजगढ ६ का केदार बहादुर केसी, निजगढ ६ का राजन प्रसाद चौलागाई, निजगढ ४ का राजेन्द्र प्रसाद शाह कलवर, निजगढ २ का बल बहादुर थापा, कोल्वही नगरपालिका ६ का काजीमान थिङ, कोल्हवी ११ का ओम प्रकाश चौधरी, कोल्हवी ६ का विसुन चौधरी, कोल्हवी १० का सदाम हुसेन, कोल्हवी १ का ठाकुर प्रसाद चौधरी, कोल्हवी ४ का ओम प्रकाश चौधरी, पचरौता नगरपालिका ९ का देवराज मुखिया, पचरौता ७ का रमानन्द सहनी, पचरौता ९ का बेदामी मुखिया बिन, महागढीमाई नगरपालिका ५ का हरिकिशुन प्रसाद साह, महागढीमाई ४ का अंगद पाण्डेय, महागढीमाई २ का छोटेलाल प्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका ११ का विरेन्द्र शाह तेली, सिम्रौनगढ ११ का शंकर महतो नुनिया, सिम्रौनगढ १० का राम नरेश प्रसाद यादव, सिम्रौनगढ १ का बिरेन्द्र कुमार, करैयामाई गाँउपालिका ७ का प्रदिप चौधरी, करैयामाई ८ का हरी चौधरी थारु, करैयामाई ८ का श्यमासुन्दर ठाकुर, आदर्शकोतवाल गाँउपालिका २ का जोगिन्द्र राउत, आदर्शकोतवाल ५ का रामभरोस राउत कुर्मी, बारागढी गाँउपालिका ३ का हिरालाल पंडित, बारागढी २ का गजेन्द्र सहनी मलह, बारागढी २ का लाल बहादुर मुखिया, जीतपुर सिमरा उपमहानगरपालिका १९ का ताजमहम्मद अन्सारी र कलैया उपमहानगरपालिका २१ का लक्षुमण राउत अहिर रहेका छन ।
किसान आन्दोलनका सहिद मुखलाल महतो भने फेरि छुटे
सरकाले देश भरका दुई हजार ६७४ जना सहिदको थप गरिरहदा बारामा ३१ जना थपिए तर किसान आन्दोलनका बेलामा बाराको नेतृत्वकर्ताका रुपमा रहेका बाराको कलैया उपमहानगरपालिका १५ बकुलहरका मुखलाल महतोको नाम भने यस पटक पनि समावेश गरेको छैन ।
विसं १९९६ मा जन्मेका मुखलाल १६ वर्षको कलिलै उमेरमा २०१२ मंसिरमा तराईमा चकिर्दै गएको किसान आन्दोलनको क्रममा तत्कालिन साही सेना हाल नेपाली सेनाले हत्या गरेका मुखलाल महतोलाई हालसम्म पनि सरकारले सहिद घोषणा गरेको छैन । सरकारले मुखलाललाई शहिद घोषण नगरेतापनि उनलाई बाराका जनताले भने बिर्सेको छैन । बाराली किसानले हरेक वर्ष माघ १६ सहिद दिवसका दिन उनको योगदानलाई स्मरण गर्ने गरिन्छ ।
बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले भने,‘मुखलाललाई शहिद घोषण गर्ने सरकारलाई पटक पटक अनुरोध समेत गरेका भएतापनि सरकारले बेवास्ता गरेपछि हामीले नै मुखलालको सम्झनाका निम्ती उनको शालिक बनाएर करैयामाई गाउपालिकाको नरही चोकमा सहिद मुखलाल महतोको पार्क निर्माण गरिएको छ, जहाँ उनको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्ने गरिन्छ ।’ उनले भने कुनै पार्टी विषेशका उनी भएको भए उनको नाम सरकारले सहिदको नाममा समाबेश भईसकेका हुने थिय तर उनी कुनै राजनितिक दलमा थिएनन् त्यहीँ भएर यो पटक पनि सरकारले नाम समावेश गरेन ।
सरकारले किसान आन्दोलनको महत्व नबुझेका कारण आजसम्म मुखलाल देशको शहिद घोषण हुन नसकेको बाराली किसानको भनाई रहेको छ ।
मुखलाल किसानका नभएर कुनै अमुख पार्टीका भएको भए सरकारले उहीलै शहिद घोषण गरिसकेको हुनेथियो तर उनी किसान र गरीबका मनिस भएका कारण सरकारले पक्षपात गरेको महसुस भएको करैयामाई गाउपालिका ६ का किसान राजु पटेल बताउछन ।
हरेक वर्ष उनको स्मरणमा कार्यक्रम आयोजना गरेर उनको सम्मान गर्ने गरिन्छ । यो वर्ष उनको ६९ औं स्मृति दिवस मनाईएको थियो ।
जिम्मेवार निकाय र अधिकारीहरु मुखलाललाई शहीदको सुचीमा राख्न कुनै चासो दिएको पाईदैन । सहिदको घोषण गरेका मध्य कति सहिद बिना कारण र कुनै योगदान बिनानै घोषण गरेको भएतापनि किसान आन्दोलनका अगुवा मध्य एक जसलाई सरकारले गोलीहानी हत्या गरेको थियो, उनै मुखलाललाई भने सहिद घोषण गर्न भने आनाकानी गरिरहेको छ ।
कसरी मारिए मुखलाल ?
तराईमा थुप्रै गरिब किसान थिए उनीहरूमाथि साहु र जमिनदारको एकदमै ज्यादती भएको थियो । किसान आन्दोलन भईरहेको बेलामा बाराको गडहलमा रहेका जिम्दार ह्रदय नारायणले नेपाल कम्युनिस्ट पार्टी केन्दीय सदस्य मधु सिंहले नेतृत्व लिएकाले उनलाई कम्जोर बनाउँदा आन्दोलन फितलो हुने भन्दै समातेर जिम्दारले घरमा थुने ।
स्थानिय प्रहरी र जिल्ला प्रहरीले जिम्दारलाई सुरक्षा दिएका थिए । यो खबर बाहिर आएपछि नेपाल कम्युनिस्ट पार्टीले किसान आन्दोलनको नेतृत्वको जिम्मा मुखलाललाई दियो । त्यसपछि मुखलाल लगाएत बारा, पर्सा र रौतहटका करिब दश हजार किसानले गडहलमा घेरा हाले र सिंहको रिहाईको माग गरे । २ दिनसम्म किसानले पुरै गाँउमा घेरा हालेपछि स्थिति प्रहरीको नियन्त्रण भन्दा बाहिर रहेपछि बिरगञ्जबाट तत्कालिन शाही सोनालाई गडहलमा प्ररिचालन गरियो तर पुरै गाँउलाई घेरा हालेका किसानले सोनालाई गाँउ प्रबेश गर्न दिएन ।
सोनालाई सिंह नियन्त्रणमा लिईर बिरगञ्ज ल्याउनु भन्ने आदेश थियो तर किसानले गाँउभित्र प्रबेश गर्ने निकै कठिन भएपछि बडा हाकिम (तत्कालिन सेनाको पद)ले गोलि चलाउने आदेश दिएका थिए । त्यहीँ क्रममा दुई जनाको घटनास्थलमै मृत्यृ भएको थियो । ति मध्य एक मुखलाल हुन र अर्का सिघार कम्रेड थिए । सेनाले सिघार कम्रेडको शव लिएर गएका कारण उनको परिचय खुल्न सकेन भने मुखलालको शव भने आन्दोलनमा रहेका किसानले सेनाबाट खोसेर राखेका कारण उनको सनाखत भएको थियो ।
सो क्रममा करिब तिन सय किसान गिरफतार भएका थिए भने ७० जनालाई नख्खु जेलमा समेत लगिएको थियो । यसरी किसानका निम्ती आफ्नु १६ वर्षको उमेरमा शहिद भएका मुखलाललाई शहिद घोषणा नगर्दा बाराली किसान समेत निरास छन ।