काठमाडौं । इन्धन तथा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ।
महासंघले बिहीबार सडक विभाग र जलस्रोत तथा सिँचाइ विभागमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको हो। व्यवसायीहरूले मूल्यवृद्धिका कारण देशभरका निर्माण आयोजना प्रभावित भएको भन्दै काम नै ठप्प पार्ने निर्णय गरेको बताएका छन्।
महासंघका महासचिव शिवहरी घिमिरेले बढेको बजार भाउअनुसार ठेक्काको मूल्य समायोजन, रोकिएका आयोजनाको म्याद थप तथा आगामी बजेटमा भुक्तानी सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
निर्माण व्यवसायीहरूले मूल्य समायोजन निर्देशिका तत्काल लागू नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।




















