काठमाडौँ । धादिङ गजुरीस्थित त्रिशूली नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ ।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४ः४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।
बसमा कति जना यात्रु सवार थिए भन्ने नखुलेको र दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार तथा खोज कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन भएको बताइएको छ ।
बसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




















