काठमाडौं । सरकारले दुधको भुक्तानी नदिएको भन्दै चितवनका दुध किसानहरुले सडकमा नै दुध पोखेर आन्दोलनमा उत्रिएका छन् ।
चितवन दुग्ध उत्पादक सहकारीहरुले दुधको बिक्री तथा भुक्तानीमा देखिएको बेतिथिको बिरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताएका छन् ।
किसानहरुले सडकमा दुध पोखाउनुका साथै किसानको समश्याको समाधानको लागि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् । उक्त अबसरमा सरकारले आफुहरुको आन्दोलनलाई वेवास्ता गरिएको खण्डमा अझ ससक्त रुपमा आन्दोलन गरीने अध्यक्ष बगालले बताए ।
किसानहरुले उत्पादन गरेको दुधको बिक्रीको ब्यबस्था र किसानहरु पाउनु पर्ने भुक्तनी पाउनु पर्ने २ वटा माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानहरुले साउन महिना देखिको करीब ५२ करोड भुक्तानी बाकी रहेको जनाएका छन् । त्यस्तै ५ दिनदेखि दुध बिक्रि नभएको उनीहरुको भनाइ छ ।
चितवनवाट दैनिक १ लाख ५१ हजार लिटर दुध बिक्री हुँदै आएको छ दुध बिक्री नभएर फाल्नु पर्ने अबस्था भए पछि नचाहदा नचाहदै पनि सडक दुध पोख्न बाध्य भएको किसानहरुले जनाएका छन् ।