जुम्ला । जुम्लामा हिमपात भएको छ । बिहीबार बिहानैदेखि जुम्लामा हिमपात भएको हो ।
हिमपात भएसँगै सदरमुकाम खलंगामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी भएको हिमपातले किसानलाई भने खुसी दिएको छ । हिमपात जौ र गहुँबालीलाई राम्रो गर्ने भएपछि किसानले राहत महसुस गरेका छन् ।
माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।
स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ ।
माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने चिन्तामा किसानहरु थिए ।