काठमाडौं । भारतीय दूतावासलाई २० करोड रुपैयाँसम्म सिधै खर्च गर्न दिँदा राष्ट्रघात नभएको प्रधानमन्त्री पुष्पकमल दाहालले दावी गरेका छन् । संसद्को कानून समितिको वैठकमा बोल्दै उनले ५ करोड खर्च गर्न दिइदै आएकोमा २० करोड पुर्याउनुमा तात्त्विक फरक नपर्ने तर्क गरेका छन् ।
वैठकमा एमालेका सचेतक महेश बर्तौलाले भारतीय दूतावासलाई नेपालमा २० करोड रूपैयाँसम्मका आयोजनामा सीधै खर्च गर्न दिने गरी भएको सम्झौतालाई राष्ट्रघात गरेको आरोप लगाएको थिए ।
सरकारले संसदलाई छलेर अपारदर्शीरुपमा गरेको सम्झौताले नेपालको सार्वभौमिकता हनन हुने वताउँदै उनले विगतका सरकारले पनि गर्थे भनेर प्रधानमन्त्री उम्किन नपाउने बताएका छन् ।
‘राष्ट्रघात’को आरोपको प्रतिवदन गर्दै प्रधानमन्त्री दाहालले प्रतिवाद गर्दै भारतलाई खर्च गर्न दिनेबारेमा यसअघिका सवै सरकार जोडिएको बताएका थिए ।
सांसद बर्तौलाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेका छन् ‘नेपालको संविधानको धारा ५ बमोजिम अहिलेको सम्झौता हो रु नेपालको स्वाधीनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रतालाई जोगाउने गरी यो सम्झौता भएको छ रु यो कुरा तपाईं भन्न सक्नुहुन्छ रु तपाईं यो सम्झौताप्रति गर्व गर्दै हुनुहुन्छ । तर, यो सम्झौताले देशको राष्ट्रघातको जरा काट्ने काम भएको छ ।’
यो सम्झौता संविधानविपरीत भएकाले राष्ट्रहित प्रतिकूलको आचरण गर्ने कुरा दण्डनीय हुने बर्तौलाले चेतावनी दिएका छन् ।
सरकारले नेपालको चार किल्लाभित्र एक रुपैयाँ खर्च गर्न पनि संसदको अनुमत चाहिने तर्क गर्दै बर्तौलाले एउटा देशलाई आफूले चाहेको योजनामा खर्च गर्न दिनु ‘राष्ट्रघात’ भएको तर्क गरेका छन् ।




















