काठमाडौं । राष्ट्रियसभा उम्मेदवारी विरुद्ध आज उजुरी दिन समय छुटाइएको छ ।
माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारबिरूद्द आज उजुरी दिने समय छुटाइएको निर्वाचन आयोगले जनाएको छ ।
फागुन २० गते समयसिमा सकिन लागेका २० सदस्य मध्ये १९ जना निर्वाचित भएर जानेछन भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन् ।
जसका लागि हिजो सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको हो । भोली भनेर यसरी परेका उजुरी विरुद्ध छानबिन गरिनेछ ।




















