
काठमाडौं । भारतीय बिदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गरेका छन ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज उनले शिष्टचार भेटबार्ता गरेका हुन ।
नयाँ दिल्लीबाट आज बिहान १० बजे मात्रै त्रिभुवन बिमानस्थलमा अवतरण गरेका भारतीय बिदेश मन्त्री जयशंकरले काठमाडौंको दुई दिने भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गरे लगत्तै प्रधानमन्त्री प्रचण्डसँग शिष्टचार भेटबार्ता गरेका हुन ।
आज बिहान १० बजे काठमाडौँ अवतरण भएका जयशंकरको आजको दिनभर व्यस्त छ । प्रधानमन्त्रीसँगको भेटमा ऊर्जा व्यापारदेखी विभिन्न सम्झौताका विषयमा छलफल भएको बताइएको छ ।
जयसंकरले नेपाली समकक्षी एनपी साउदसँगको भेटमा सम्झौता गर्नेछन् । त्यसपछि उनले कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नेछन् ।



















