काठमाडौं । राष्ट्रिय सभा सदस्यको संख्या भागबन्डा गर्नका लागि नेपाली कांग्रेस र माओवादीबीच छलफल भएको छ । छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा पुगेका छन् ।
छलफलमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका छन् ।
कांग्रेस र माओवादीबीचको छलफल पछि सत्ता साझेदार दलहरुबीच भागबन्डाका लागि छलफल हुने बताइएको छ । राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ ।



















