काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि कानुनको दायरामा ल्याएर कारबाही गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले घटनालाई प्राथमिकतामा राखेर नै सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको स्पष्ट पारे ।
उनले बालकुमारी घटनाको निष्पक्ष छानबिनका लागि सुरक्षाकर्मी र इपीएस कार्यालय प्रमुखलाई निलम्बन गरिएको दावी गरे । उनले यसमा गलत प्रचार नगर्न समेत आग्रह गरे ।
मन्त्री श्रेष्ठले मृतकका परिवारलाई १० लाख बाहेक मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । उनले घाइतेहरूको निशुल्क उपचार गरिने बताए।
सरकारले बालकुमारी घटनाको वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ।



















