काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ ।
यसअघि बुधबार र बिहीबार बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासमा आइतबारबाट निरन्तर सुनुवाइ भइरहेको हो ।
जाहेरीवाला गौशाला -२६ र सरकारी वकिलका तर्फबाट बहस सकिएको छ। अब सन्दीपका कानुन व्यवसायीहरूको बहस सकिएपछि वादीपक्षका कनुन व्यवसायीहरूले जवाफी बहस गर्नेछन्। दुवै पक्षको बहस सकिए आजै फैसला आउने संभावना छ ।
सर्वोच्च अदालतले गत १५ फागुनमा मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो। मुद्दाको सु्नुवाइका लागि पटकपटक पेशी तोकिदै आएपनि मुद्दाको किनारा लाग्न सकेको छैन ।



















