काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको पुनःसंचनासम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंगलबार प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गर्ने बताएका थिए । एकवर्षे कार्यकालको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयबाटै नयाँ कुराको सुरुवात गर्ने बताएका थिए। सोही अभिव्यक्तिको कार्यान्वयन आज गरिएको सरकारका प्रवक्तासमेत रहेकी शर्माले बताइन् ।



















