काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो।
मुद्दामा आइतबारदेखि सुनुवाइ सुरू भएपनि बहस सकिएको छैन। यसअघि पुष ८ गते बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। यसअगाडि न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै दुवै पक्षका कानुन व्यवसायीहरूलाई बहस नोट पेश गर्न आदेश दिएको थियो। लिखित बहस नोट पेस गर्न मंसिर २२ सम्मको समय दिएको थियो।
पटक पटक पेशी तोकिदै आएपनि मुद्दामाथि सुनुवाइ हुन सकेको छैन।



















