पोखरा । पोखरा महानगरपालिका ५ प्रस्याङमा बा १३ च ३७२१ नं.को कारले गए राती पैदलयात्रीलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कारको ठक्करबाट बागलुङका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका पुरुषको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा गण्डकी अस्पतालमा मृत्यु हो ।
ठक्कर दिने कारलाई नियन्त्रणमा लिइएको र कार चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिएका छन् ।