
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले १३१ औं माओ जयन्ती मनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक समारोहका बिचमा माओवादी केन्द्रले माओ जयन्ती मनाएको हो ।
चीनका राजनीतिक सुधारक माओत्से तुङको १३१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा ‘२१ औं शताब्दीमा समाजवादमा नेपाली बाटो’ बिषयक अन्र्तक्रिया कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक वर्षे कार्यकालमा सरकारले सेवा र सुशासनको क्षेत्रमा नयाँ रेकर्डहरू बनेको दावी गरेका छन् ।
अबको एक वर्षमा सेवा, विकास र सुशासनका क्षेत्रमा थप नयाँ रेकर्ड बन्ने पनि बताएका छन् ।
अब नयाँ वर्षमा नयाँ ढङ्गले काम गर्ने प्रण गरेको वताउँदै उनले नयाँ ढङ्गले काम गर्न थालिसकेको बताएका छन् ।



















