काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)लाई आगामी संसद बैठकमा अगाडि बढाउने तीन दलका शीर्ष नेताहरूबीच समझदारी बनेको छ। सोमबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबी समझदारी बनेको हो।
प्रमुख प्रतिपक्षी दलका सचेतक महेश बर्तौलाले सरकार पीडितलाई न्याय दिनेगरी कानुन बनाउने तयार देखिएकाले यसलाई आगामी संसद बैठकमा लैजाने सहमति बनेको बताए ।
पीडित केन्द्रित कानुन बनाउने विषयमा सरकार पहिलोपटक लचिलो देखिएको सचेतक गिरीले बताए ।
सरकार मनैदेखि पीडितको पक्षमा कानुन बनाउन तयार हुनुपर्ने उनको भनाइ छ ।
उनले क्रूर हत्यालगायातका विषषयमा कानुनमा कसरी सम्बोधन गर्ने विषयमा खुला छलफल हुनुपर्ने बताए। उनले कानुन बनाइसकेपछि त्यसलाई कसरी कार्यान्वयनमा लैजाने विषयमा पनि छलफल हुनुपर्ने बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए। बैठकमा तीनै दलका दोस्रो तहका नेताहरूसमेत सहभागी थिए। प्रधानमन्त्री दाहालले आइतबार पनि टीआरसीका विषयमा शीर्ष नेताहरूसँग छलफल गरेका थिए ।



















