काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संक्रमणकालिन न्याय सम्बन्धी विधेयक चाडै टुंगोमा पुर्याउने सम्बन्धमा आज विहान छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदको अधिवेशन बोलाउने, संसदमा विचाराधिन विधेयकहरु, खासगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको सहमतिमै टुंगो लगाउने र समसामयिक विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिएका छन् ।
शीर्ष तीन नेताहरुबीच भोलि फेरि छलफल हुने बताइएको छ ।


















