विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मिक्लाजुङमा कोशी प्रदेशका सांसद र मन्त्री नल्याउन पहिचानवादीले चेतावनी दिएका छन ।
प्रधानमन्त्री प्रचण्ड ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’ अन्तरत मिक्लाजुङ गाउँपालिका– ५ खोलीटारमा हुने कार्यक्रममा सहभागि हुने कार्यक्रम छ । प्रदेशका सांसद र मन्त्रीलाई ल्याए प्रधानमन्त्रीको विरोध गर्ने उनीहरुको चेतावनी दिएका हुन ।
बिहीबार प्रदेशका पर्यटन मन्त्री गणेश उप्रेती मिक्लाजुङ जाने क्रममा पनि पहिचान पक्षधरले अवरोध गरेको थियो । बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेशको पुन नामाङ्कन संयुक्त सघर्ष समितिले कोशी प्रदेशका सांसद र मन्त्री पनि प्रधानमन्त्रीसँगै मिक्लाजुङ नआउन आग्रह गरेको थियो ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उदघाटनपछि प्रधानमन्त्री मिक्लाजुङ जानेछन् । मिक्लाजुङबाट फर्किएपछि आज दिउँसो मोरङ व्यापार संघले आयोजना गर्ने मोरङ ब्यापार संघ एक्स्पो उदघाटनपछि प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्किने छन् ।



















