काठमाडौं । नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको ‘बिबादस्पद अभिब्यक्ति’ लाई लिएर काठमाडौंमा बिरोध प्रदर्शन गरिने भएको छ ।
‘क्रिश्चियन नमान्ने संबिधान बिरोधी हुन, संविधान नमान्ने देशद्रोही हुन’ भन्ने मन्त्री किराँतीले दिएको अभिब्यक्तिको बिरोध गर्दै काठमाडौंमा बिरोध प्रदर्शन गर्न लागिएको हो ।
विरोध सभाका एक आयोजक तथा संगत संस्कृतिका संयोजक पुष्पराज पुरूषका अनुसार सो बिरोध सभा बिहिबार पशुपति विकास कोषको कार्यालय, गौशाला अगाडी आयोजना हुनेछ । उनका अनुसार पुष ५ गते दिनको ठिक २ बजेदेखि सो बिरोधसभा सुरू हुनेछ ।
सो बिरोधसभाका लागि नारा पनि तय गरिएको उनले जानकारी दिएका छन । जसअनुसार सो बिरोध सभामा ‘सुदन किराँती–राजिनामा दे’, ‘पशुपति विकास कोषमा गैरधार्मिक मान्छेको नियुक्ति बन्द गर– बन्द गर, बन्द गर’, ‘धर्म निरपेक्ष मुर्दावाद– मुर्दावाद मुर्दावाद, ‘सनातन हिन्दु राष्ट्र कायम गर– कायम गर, कायम गर,’ जस्ता नाराहरू तय गरिएको छ ।



















