काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद अली साब्री काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल-श्रीलंका संयुक्त आयोगको बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आएका हुन्।
केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका विदेशमन्त्री साब्रीलाई परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
बैठकमा लगानी तथा व्यापार, पर्यटनलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ। परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।



















