काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले बरामद सु्नको थप अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।
प्रमुख भन्सार अधिकृत मनिराम पौडेललको संयोजकत्वमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी,भन्सार अधिकृतहरू प्रकाश निरौला,डिल्लु प्रसाद शर्मा,लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा सदस्य रहेका छन्।
भन्सार कार्यालयले पत्रकार सम्मेलन गरी सुन सार्वजनिक गरेको हो। प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले विशेष सुराकीका आधारमा सुन बरामद गरिएको बताए।
भन्सार कार्यालयमा आएको विशेष सुराकीको आधारमा बिहीबार राती १४ किलो सुन बरामद भएको थियो। फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई १४ किलो सुनसहित भन्सार कार्यालयले पक्राउ गरेको थियो ।
भन्सार कार्यालयले गोरखाका मिनबहादुर घलेलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
बरामद सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ।



















