काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिला यात्रुले बोकेको हेण्ड ब्यागबाट अचानक धुवाँ निस्किएपछि केहीबेर खैलावैला मच्चिएको थियो ।
चिनियाँ एयरबाट आज विहान स्वदेश फर्किन लागेकी ती चिनियाँ यात्रु बोर्डिङ पास लिएर प्रतीक्षा हलमा बसेकी थिइन् । ब्यागमा एक्कासी धुवाँ देखिएपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए ।
विमानस्थल प्रहरी स्रोतका ती महिलाको हेण्डब्याग भित्र पावर बैंक राखेर आईप्याड चार्ज गरेकी थिइन् । सोही पावर बैंक सर्ट भएको थियो ।
विमानमा चढ्दा पावरब्यांक लगेजमा राख्न दिइँदैन । ह्याण्ड ब्यागमा राख्न भने पाइन्छ । विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार अहिले यात्री आफ्नो गन्तव्य गइसकेकी छिन् ।