काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले मंसिर ३० गतेभित्र ‘नागरिक सरकार’ गठन गरी गाउँदेखि केन्द्रसम्म विस्तार गर्ने चेतावनी दिएको छ ।
आइतबार बिहान पत्रकार सम्मेलन गरी महाअभियानका संयोजक प्रसाईंले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने पनि दाबी गरेका छन् ।
वैदिक सनातन सापेक्ष मुलुक बनाई देशमा शान्ति र अक्षूण राख्न राजसंस्थाको मुद्दालाई थप स्थापित गराउने वताउँदै प्रसाईले गत फागुन १ गते मेचीमा बालेको दियो काठमाडौँको वसन्तपुरमा आगामी फगुन १ मा राजाकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाइने बताएका छन् । त्यस्तै उनले यो जनविद्रोह सशक्त बनाउँदै व्यवस्था परिवर्तनका लागि मूर्त रूप दिने पनि बताएका छन् ।