काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्ने प्रति आक्रोश ब्यक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतले राजा प्रति गरेको सार्बजनिक टिप्पणी प्रति उनले आक्रोश ब्यक्त गरेका हुन् ।
थापाले राजसंस्था प्रति देखिएको जनमतको कदर गर्न पनि अनुरोध गरेका छन् ।
–प्रचण्ड, ओली, गगनहरुको राजाप्रतिको धम्किपूर्ण बर्बराहटले प्रष्ट पार्छ–राजसंस्थाको पक्षमा देखिएको जनमतबाट उनीहरु त्रशित र आतंकित छन्’, उनले भनेका छन, ‘उनीहरु साच्चिकै लोकतन्त्रवादी हुन भने जनभावनाको कदर गर्दै राजासहितको प्रजातन्त्र स्थापना गर्ने साहस देखाउन आग्रह छ। अन्यथा, समयले उनीहरुलाई पछाडी छोड्नेछ ।’
त्यस्तै राप्रपाका नेता रविन्द्र मिश्रले वर्तमान व्यवस्था गलत भएको दावी गर्दै चाँडै सच्याउन माग गरेका छन् । हिजो झापामा पूर्वराजा सहभागि कार्यक्रमका तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा मिश्रले लेखेका छन् –
“राजा सिधै ‘खालमैँ खेल्न’ नआउँदा त यस्तो छ। देशैभरी यस्तै छ। जनताले साँच्चिकै ‘नलिखुट्टा’ बजाउँदै राजालाई ‘खालमैँ खेल्न’ उतारेको दिन के होला ?
बलेको आगो सबै ताप्छन् । तर आज झापामा ‘प्रचण्डपथगामी’हरूले निभायौँ भनेर छोडिदिएको आगो जगाउन विना स्वार्थ उत्रिएको जनसागरको केही दृष्य हुन् यी ।
एउटा कुरा प्रष्ट हौँ : यो व्यवस्थाले तय गरेको बाटो नै गलत छ । गलत बाटोमा कोही राम्रो मान्छे हिँडेको रहेछ भने पनि ऊ सही गन्तव्यमा पुग्न सक्दैन । यति बुझेनौँ भने हामी कसैको भविष्य सुखद हुने छैन ।”



















